विराटनगर । विराटनगर जेसिसका निवर्तमान अध्यक्ष उज्ज्वल खरेलले आफ्नो कार्यक्षेत्र संखुवासभाको मादी बजारमा मास्क वितरण गरेका छन् ।
विराटनगर जेसिसमा रहँदा पनि सामाजिक सेवामा सक्रिय रहेका खरेलले मादी बजारका होटल तथा सार्वजनिक स्थलमा मास्क नलगाई बस्ने मानिसलाई सचेत गराउने उद्देश्यले अभियान संचालन गरेको बताए ।
‘मादीमा गम्भीर खालको स्वास्थ्य समस्या हुँदा नजिकै अस्पताल पनि नभएको र मानिसको जीवन नै खतरामा पर्न सक्ने देखेर अभियान चलाएको हुँ,’ खरेलले भने । स्थानीय प्रहरीसँग मिलेर खरेलल अभियान चलाएका हुन् । खरेल मादीस्थित हिमालयन बैंक लिमिटेडको शाखा प्रबन्धक हुन् ।