वाइसिएल विराटनगरद्वारा मास्क वितरण

विराटनगर । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) विराटनगर समितिले प्रहरी तथा बस चालकहरुलाई मास्क वितरण गरेको छ ।

तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिने प्रहरी र बसका चालकलाई मास्क बाँडिएको वाइसिएल विराटनगरका अध्यक्ष प्रवीण गौतमले बताए ।

उनका अनुसार वाइसिएलको टिमले विराटनगरस्थित हाटखोला प्रहरीलार्इ ५ सय थान र बस चालकलाई पनि मास्क बितरण गरेको हो । यस्तै वाइसिएलले अत्याधिक भीड हुने ठाउँमा सर्वसाधारणलाई मास्क वितरण गर्दै कोभिड विरुद्ध आवश्यक सचेतता अपनाउन आग्रह गरेको थियो ।

बिहिबार, १६ बैशाख, २०७८, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर