पोखरिया कराँते डोजोको नेतृत्वमा मास्क खै अभियान

विराटनगर । विगत ३ दिनदेखि सञ्चालित मास्क खै ? अभियानमा आज पोखरिया कराते डोजो द्वारा गरिएको छ ।

बढी रहेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि सचेतना स्वरुप आफू हरुले मास्क वितरण गरेको डोजोका सिनियर खेलाडी भुवन कट्टेलले जानकारी दिए ।

मास्क खै ? अभियानलाई विगत देखि नै प्रहरी, सामाजिक अभियन्ता र विभिन्न संघ संस्थाबाट निरन्तरता दिँदै आइरहेको छ । अभियानको लागि आवश्यक मास्क युवा नेता मोहमद नसरुल र पोखरिया दोजोका कराते प्रशिक्षक बिनोद कुमार राउतले प्रदान गरेका थिए ।

बिहिबार, १६ बैशाख, २०७८, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर