पाँचथर । पापोहाङ लावती सयङको पांचौ केन्द्रीय महाधिवेशन तथा लुम्फाबुङ सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा केलाङ तथा यालाङ र लिम्बू कविता बाचन प्रतियोगिता समेत गरिएको थियो । जसमा यालाङ तथा केलाङ दुवै प्रतियोगिताको बिजेता नाम्सामी केसामी समूह फागुनन्द गाउँपालिका चिलिन्दिन हुन सफल भएको छ । यस्तै लिम्बू कविता प्रतियोगिताको बिजेता सन्देश सुब्बा भएका छ्न् । संस्कृतिक कार्यक्रमसमेत रहेको महोत्सवमा गायिका तिर्सना नेम्बाङ, गायकहरू उत्तमजङ लिम्बू र बुद्धराज इबाले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पापोहाङ लावतीकोको पाचौं माहाधिवेशनसमेत सम्पन्न गरि जीतबहादुर लावती अध्यक्ष र हर्कबहादुर लावती माहासचिव रहेको नयाँ कार्यसमिति चयन भएको सयङ्का उपाध्यक्ष विजयबोध लावतीले जानकारी दिए । कार्यक्रममा देशभरका पापोहाङ लावतीहरूको उपस्तिथिति रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।