काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गर्दै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु १४ गतेदेखि स्थगित गरिएको जनाएको छ ।
‘कोभिड १९ को दोस्रो लहरको प्रकोपको कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञाका कारण हाल संचालित तथा संचालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा संचालन गर्न नसकिने परिस्थिति सिर्जना भएकोले आज मिति २०७८/१/१३ गते बसेको त्रिबि केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८/१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धीत सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ,’ जारी सूचनामा भनिएको छ ।
यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो। त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो।