विराटनगर । छैठौं संस्करणको मिस कोशी २०२१ हुने भएको छ । किशोरीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले जय मिडिया म्यानिजमेन्ट प्रालिले उक्त प्रतियोगिता आयोजना गर्दै आएको हो ।
छैठौं संस्करणको मिस कोशीको लागि आयोजकले आवेदन फारम खुल्ला गरेको छ । यस वर्षको हुन लागेको प्रतियोगितामा कोरोना संक्रमण फैलिरहेकोले स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै प्रतियोगिताको तयारी सुरू गरिएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् । मिस कोशीको छनौट चरणको अडिसन वैशाखको तेस्रोे हप्तादेखि सुरू हुनेछ ।
‘अहिले अडिसनमा भाग लिन इच्छुकहरूको लागि आवेदन फारम खुल्ला गरिएको छ,’ उनले भनिन्, ‘अनलाइन फारम पनि भर्न सकिन्छ । त्यसको लागि मिस कोशीको आधिकारीक पेजमा गएर फारम भर्न सकिने व्यवस्था गरिएको छ ।’
प्रतियोगिताको फाइनल साउनको पहिलो हप्ता हुनेछ । प्रतियोगितामा १५ वर्ष पुरा भइ २६ वर्ष मुनिका अबिवाहित किशोरीले भाग लिन पाउनेछन् । मिस कोशीको बिजेताले स्कुटर प्राप्त गर्नेछन् । त्यसको साथै आकर्षक क्राउन र गिफट ह्याम्परहरू पनि रहेको छ । टप थ्रीमा परेका प्रतियोगिहरूले फेशन डिजाइनमा छात्रवृतीदेखि पोखराको टुर, जीवन विमा र मेकअप कोर्ष पनि गर्न पाउनेछन् ।
यसअघि पाँचौं संस्करणको मिस कोशी इटहरीकी रेखा कार्की भएकी थिइन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।