विराटनगर । रास्ट्रिय सौन्दर्यकर्मी महानगर कमिटी विराटनगरको इकाइ कमिटि गठन भएको छ । शान्ता डंगोलको अध्यक्षतामा ११ सदस्य रहने गरि सौन्दर्यकर्मीको इकाइ कमिटि गठन भएको हो ।
उपाध्यक्षमा रेनु प्रधान, सचिबमा पुना न्यौपाने, सह–सचिबमा अञ्जली राई, कोषाध्यषमा सबिना राइ रहेकी छिन् । समितिको सदस्यहरुमा सबिना राई, सलु राई, सृजना लिम्बु, बर्खा परियार, बर्षा सिंह सरदार, सुजिता मगर रहेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी महानगर कमिटि विराटनगरकी अध्यक्ष अमिता पोख्रेल (पौडेल) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नाबुन केन्द्रिय शिक्षा बिभाग सचिब ममता प्रधान रहेकी छिन् । कार्यक्रममा नाबुन प्रदेश उपाध्यक्ष ललिता धिमाल, नाबुन महानगर सचिब भली सुब्बा, कोष–अध्यक्ष मन्दिरा भट्टराई, सदस्यहरु ओम कुमारी राई, बसन्त कुमारी गुरुङको उपस्थित रहेको थियो ।

