विराटनगर । शनिबारदेखि हराएका विराटनगर–८ का ७ वर्षीय बालक उल्लब बस्नेत मृत अवस्थामा खोलामा भेटिएका छन् ।
विराटनगर–८ बलुवाईस्थित सिंगीया खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो ।
शनिबारदेखि खोजविन भइरहेकोमा बालक पानीमा डुबेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिए । ‘माछा मार्ने क्रममा हराएको भनिएका बालकको खोलामा शव भेटिएको छ,’ डिएपी राईले भने, ‘घटना मुचुल्का उठाएर शव पोस्माटम गर्न कोशी अस्पताल पठाएको छ ।’ पोस्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने उनले बताए ।
बालक हराएको भन्दै विराटनगरमा शनिबार राति भएको विराट गोल्डकपको फाइनलमा बारम्बार उनको खोजीका लागि सूचना सम्प्रेषण पनि गरिएको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।