विराटनगर । टिपरको ठक्करबाट आइतबार मृत्यु भएका सुनसरी १ का ७२ वर्षे पूर्णबहादुर गुरुङका आफन्तहरुले सोमबार अपरान्ह इटहरीमा चक्काजाम गरेका छन् ।
सडकमा टायर बालेर विरोधमा उत्रिएका स्थानीयले बालेको टायर प्रहरीले निभाएको थियो । स्थानीयले इटहरी क्षेत्रमा केही बेर राजमार्ग बन्द गरेका थिए भने एक घण्टा भन्दा बढी भित्री सडक बन्द गरेका थिए ।
टिपर पछाडि सार्ने क्रममा ठक्कर लाग्दा सुनसरी ईटहरी १ आपगाछी चौकमा पैदलयात्री गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरले दुर्घटना गराएको हो ।
प्रहरीले टिपर चालक इटहरी १९ बरगाछीका २९ वर्षे अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

