औषधी व्यवसायी संघ प्रदेशको अध्यक्षमा खतिवडा

विराटनगर  । नेपाल औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा कुमार खतिवडा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । संघको पहिलो अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बराल, खुद्रा उपाध्यक्षमा धनराज काफ्ले र महासचिबमा नरेन्द्र बस्नेत निर्वाचित हुनुभएको हो ।
समितिको कोषाध्यक्षमा अजित कुमार ठाकुर, सचिवमा झरना न्यौपाने र उपकोषाध्यक्षमा प्रदिप कुमार दास रहनुभएको छ । समितिको थोक सदस्यहरूमा खेमराज बस्नेत, खुद्रा सदस्य दिलिप सुवेदी, सदस्यहरूमा कन्चन शर्मा खतिवडा, सरद गौतम, सेवक दाहाल, नेत्रप्रसाद निरौला, खेमलाल काफले, सुदिन ध्वज श्रेष्ठ, तिलमाया भट्टराई रहनुभएको छ ।

सोमबार, २३ चैत, २०७७, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर