जुत्ता मेला विराटनगर : २० वटा ब्राण्डका जुत्ता एकैठाउँमा

 होमनाथ उपाध्याय

विराटनगरमा एक महिनासम्म विराट फुटवेयर एक्स्पो (जुत्ता, चप्पल मेला) २०७७ आज बिहीबार चारबजेदेखि सुरु हँुदैछ । विराटनगरको जलजला मोड पूर्व रंगेली रोडको खाली मैदानमा चैत ५ देखि वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हँुदैछ । फुटवेयर म्यानुफ्याक्वरर्स एशोसियसन अफ नेपालले आयोजना गरेको जुत्ता, चप्पल मेलामा केन्द्रीत रहेर एक्स्पोका संयोजक होमनाथ उपाध्यायसँग हाम्रोमतले गरेको संक्षिप्त कुराकानी:

आजदेखि सुरू हुने जुत्ता, चप्पल मेलाको उद्घाटन कसरी हुँदैछ ?

– महिनादिनसम्म लाग्ने जुत्ता, चप्पल मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । आज चार बजेदेखि वैशाख ५ गतेसम्म संचालन हुने विराट फुटवेयर एक्स्पोको शुभराम्भ विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्दै हुनुहुन्छ । एक्स्पोमा देशभरीका चर्चित कम्पनीका सम्पूर्ण जुत्ता, चप्पलको स्टल रहन्छ ।

यसपटक सुरू हुन लागेको जुत्ता, चप्पल मेलामा फरक के छ ?

– विगतका वर्षहरूमा भन्दा यस वर्ष विराट फुटवेयर एक्स्पोमा धैरे स्टलहरू छ । महिना दिनसम्म संचालन हुने एक्स्पोमा नेपालमा नाम चलेका सबै ब्राण्डका जुत्ता चप्पल रहन्छन् । एक्स्पोमा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ता, चप्पल रहन्छ । उपभोक्ताहरूले एकै ठाउँमा मनलागेका थरिथरिका जुक्ता, चप्पलहरू आफ्नो रोजाइ अनुसारको छान्न पाउँछन् । विभिन्न २० ब्राण्डका ५ हजार जोर भन्दा बढी मोडलका जुत्ता, चप्पलहरू एक्स्पोमा हुन्छन् । विगतका वर्षहरूमा नेपाली जुत्ता घरले आयोजना गर्दै आएको थियो । यस वर्ष फुटवेयर म्यानुफ्याक्वरर्स एशोसियसन अफ नेपालले आफै आयोजना गरेको छ ।

यस्ता मेलाले उपभोक्तालाई के फाइदा मिल्छ ?

– यस्ता जुत्ता, चप्पल मेला वर्षदिनमा एक पटक हुने हो । देशभरीको नाम चलेका कम्पनीको सम्पूर्ण जुत्ता, चप्पलहरू यस्तो मेलामा पाइन्छ । त्यसमा पनि कम्पनीहरूले उपभोत्ताहरूको हित अथा फाइदा होस भनेर विशेष छुट योजना ल्याएका हुन्छन् । अहिले लाग्ने मेलामा १० देखि ५० प्रतिशत छुट दिएको हुन्छ ।

मेलामा कस्ता–कस्ता कम्पनीको जुत्ता, चप्पल पाइन्छ ?

– विराटनगरमा बिगत पाँच वर्षदेखि विराट जुत्ता, चप्पल मेलाहरू आयोजना गर्दै आएको छ । यस्ता मेलामा देशभरीको नाम चलेको कम्पनीको ब्राण्डेट कम्पनीको जुत्ता चप्पलहरू पाइन्छ । विराट फुटवेयर एक्स्पोमो बेस ग्लोबल प्रालि, शिखर शुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुँरास फुटवेयर, नियासा शुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फटवेयर प्रोडटक नेपाल, पबित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, रन शुज, स्माट शुज, जय श्री पि यू टेक र सुर्रवी पोलिमर्स कम्पनीको चिर्चितक ब्राण्डका जुत्ता, चप्पलहरू रहन्छन् ।

आन्तरिक उद्योगले उत्पादनले कति प्रतिशत बजार धानेको छ ?

– अहिले देशभरीमा १ हजार ५ सय लघु, साना, मझ्यौला, साना र ठूलो उद्योगहरू रहेका छन् । यी उद्योगहरूले वार्षिक ५ करोड भन्दा बढीका सबै प्रकारका जुत्ता, चप्पल उत्पादन गरि स्वदेशी बजारमा आपूर्ती गर्दै आएको छ । नेपालीहरूले प्रति व्यक्ति सरदर ३ जोर विभिन्न प्रकारका जुत्ता, चप्पल प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । यस आधारमा हालको नेपालको जनसंख्या ३ कारोडलाई आधार मान्दा ९ करोड जोडी जुक्ता चप्पल आन्तरिक बजारको माग छ । जसमध्ये लगभग ६३ प्रतिशत जुत्ता, चप्पल आन्तरिक उत्पादनबाट नै आपूर्ती हुने गरेको छ ।

यस्ता मेलाले स्थानीय व्यवसायीलाई त मारमा पर्ने गरेको गुनासो छ नि ?

– त्यस्तो होइन् । उहाँको बुझाइ गलत हो । यसरी जुत्ता चप्पल मेला हुँदा झन् व्यापार बढ्नुपर्ने हो । जुत्ता, चप्पल खरिद गर्नको लागि हामीले प्रचार प्रसार गरेका हुन्छौं । त्यसको साथै ब्राण्डिङ्ग पनि गरिएको छ । यहाँ मेलामा नभएका जुत्ता, चप्पलहरु बजारमा हुन्छ । मेलामा आएका उपभोक्ता यही मात्र किन्छन् भन्ने हँुदैन । ती उपभोक्ता बजारमा पनि जान्छन र मन लागेका जुत्ता चप्पल खरिद गर्दछन् । बजारलाई चलायमान बनाउने काम यस्ता मेलाले गरेको हुन्छ ।

अन्त्यमा उपभोक्तालाई केही भन्नुहुन्छ ?

– स्वदेशी बस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा छ । स्वदेशी उद्योगले उत्पादन गरेको वस्तुको प्रर्दशन हो । यसमा आम उपभोक्ताहरू आएर महिना दिनभरीमा लाग्ने मेलाको अवलोकन गरिदिनुहोस भन्ने हो । धेरै जुत्ता, चप्पलहरू एउटै छाना मुनी धेरै हुनेभएकोले गुणस्तरिय जुत्ता, चप्पलहरू हेरेर छानेर लैजानुहोला । मेला अवलोन गर्न आउनुभएको उपभोक्ताहरूले हामीलाई सुझाव सल्लाह पनि दिनुहोला, आगमी दिनमा सुधार गरेर अगाडि बढाउनेछौं ।

बिहिबार, ०५ चैत, २०७७

प्रतिक्रिया

  1. Gold Star जस्तो brand ल्याउदैन्न कहि नबिकेको जुत्ता सल्टाउने हुन । मेला को नाममा ठगी हो त्यो भन्दा सस्तो बजारमै पाईन्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर