जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन

विराटनगर । विराटनगरमा आयोजित नेपाल जुलोजिकल सोसाइटीको प्रदेश स्तरीय भेलाले प्रदेश १ समितिको गठन गरेको छ । शालीग्राम अधिकारीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा विकास खनाल र महासचिवमा अमित ढकाल रहनुभएको छ । सचिव र कोषाध्यक्षमा रामचन्द्र अधिकारी र मुन थापा हुनुहुन्छ ।

सदस्यहरुमा भानुकुमार भट्टराई, डा. प्रकाशकुमार यादव,सोमप्रसाद निरौला,नारायण रेग्मी,विष्णु दाहाल र कंचन झा चयन हुनुभएको छ । गत शनिवार प्रदेश १ का प्राणीशास्त्रीहरु(जुलोजिष्ट्स)को प्रदेश स्तरीय भेला आयोजना गरिएको थियो ।

उक्त भेलाको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको थियो । समितिमा चुनिएकाहरुलाई बधाई दिँदै नेपाल जुलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र महर्जनले यस प्रदेशका प्राणीशास्त्रीहरुले अनुसन्धानका माध्यमबाट देश र समाज विकासमा योगदान दिने विश्वास गर्नुभयो । सो भेलामा प्रदेश १ का करिब ७० जना प्राणीशास्त्रीहरुको सहभागिता रहेको थियो ।

सोमबार, ०२ चैत, २०७७, दिउँसोको ०३:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर