प्रदेशसभामा कोरोना विरुद्ध खोप लगाइदै

विराटनगर । प्रदेश १ प्रदेशसभाका सांसदहरुलाई आइतबार कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

प्रदेशसभा सचिवालय परिसरमा आइतबार मुख्यमन्त्री शेरधन राईले पहिलो खोप लगाउनुभएको छ ।
प्रदेशसभाका सबै ९३ जना सदस्यहरु, कर्मचारी र सुरक्षाकर्मीहरु गरि २५० जना भन्दा बढी लाई खोप लगाइने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशसभाको सोमबारको बैठकलाई लक्षित गरी आइतबार खोप लगाउने कार्यक्रम राखिएको भएपनि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपी खोल लगाउने कार्यक्रम भने सुचारु रहने उहाँले बताउनुभयो ।

आइतबार, ०१ चैत, २०७७, दिउँसोको ०२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर