एमएमसी विराटनगरलाई वाईवाई वडाअध्यक्ष कपको उपाधी

विराटनगर । जहदाको वाईवाई वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी एमएमसी विराटनगरले जितेको छ ।

मोरङ जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित क्रिकेट प्रतियोगितामा पोखरिया स्पोर्टिङ क्लब जहदा–६ लाई पराजित गर्दै एमएमसी क्लब विराटनगर बिजेता बनेको हो । पोखरिया स्पोर्टिंग क्लब, जहदा–६ लाई ७४ रनले पराजित गर्दै एमएमसी विराटनगरले जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको एमएमसी क्लब विराटनगर २० ओभरमा २ सय रन बनाउन सफल भएको थियो ।

एमएमसीको तर्फबाट दिपेश कडेलले सर्वाधिक ५३ रन, सतिश यादवले ३६ रन, तब्रेजले ३३ रनको योगदान गरेका थिए । पोखरियाको तर्फबाट नितेश सहनी, बिनेस सहनी, दिवस र बब्लु ले २/२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको जहदा–६, पोखरिया १९ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाउन सफल भयो। निरन्जनले सर्वाधिक ४० रन र अइसानले ३० रनको योगदान दिए पनि टिमलार्इ जिताउन सकेनन्।

खेलमा ३ विकेट र ५३ रन लिएर दिपेश कँडेल म्यान अफ दि म्याच भए। टुर्नामेन्ट अवधिभरको खेलमा सर्वोत्कृष्ट प्रदर्शन गरे । १ सय २२ रन र ८ विकेट लिएर म्यान अफ दि सिरिज बैजनाथ चौधरी भए । त्यसैगरी टुर्नामेन्ट अवधीभर राम्रो बलिङ्ग गर्दै ९ विकेट लिएका नितेश शहनी बेस्ट बलर भएका थिए। सबभन्दा धेरै रन बनाएका दिपेश कँडेल बेस्ट ब्याट्स म्यान भए। बिजेता भएको टिम एमएमसी विराटनगरले नगद ५१ हजारसहित मेडल कप र प्रमाणपत्र पाएको छ । उप–बिजेता टिम पोखरियाले नगद २१ हजारसहित मेडल कप र प्रमाणपत्र पाएको छ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय जयराम यादव, विशिष्ट अतिथि जहदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल, कार्यपालिका सदस्य बिनिता सिंह, संविधानसभा सदस्य आशा सरदार, नेता सलीम अन्सारी, वडा अध्यक्ष अनिल कुमार ठाकुर, सामाजिक युवा अभियन्ता पेरिस सुबेदी, लायन्स क्लबका प्रविन अग्रवाल, वाईवाईका मार्केर्टिङ डाइरेक्टर रबिन्द्र मास्केलगायतको उपस्थिति थियो ।

बिजेता र उप–बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले प्रमाणपत्र मेडल र कप प्रदान गरेका थिए। क्लबलाई विभिन्न समयमा साथ सहयोग गर्दै आएका विभिन्न व्यक्तिलाई पनि आयोजक लक्ष्मीनिया युवा क्लबले सम्मान गरेको छ ।

लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।

आइतबार, २३ फागुन, २०७७, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर