म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

बिबिसी । म्यानमारमा सैनिक शासन विरुद्धको आन्दोलन चर्किएको छ भने सरकार पक्षको दमनले एकै दिन ३८ जना मारिएका छन् ।

सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ । सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

बिहिबार, २० फागुन, २०७७, बिहानको ०९:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर