प्रधानमन्त्री आज विराटनगर आउँदै

विराटनगर । पुस ५ गते संसद विघटन पछि विभाजन भएको नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ ।

प्रदर्शनपछि विराटनगरस्थित विराटनगर अस्पताल नजिकैको नीजि खाली जग्गामा आयोजना गरिएको सभामा लाखौं मानिस उतार्ने ओली पक्षको तयारी छ । प्रदर्शन पछि हुने सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रम हुनुअघि विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निस्कने बताइएको छ । विराटनगरको जनसभा एेतिहासिक हुने नेकपा ओली पक्षका केन्द्रीय सदस्य विनोद ढकालले बताए ।

आजै ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर आउने कार्यतालिका छ । विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्ने र साढे १२ बजे कार्यक्रम स्थलमा पुग्ने कार्यतालिका छ । छन् । प्रधानमन्त्री ओली आजै काठमाडांै फर्किने कार्यतालिका रहेको छ ।

शनिबार, ०८ फागुन, २०७७, बिहानको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर