विगतभन्दा भव्य हुनेछ गोल्डकप

 मनोजविक्रम साह

दुई वर्षपछि हुन लागेको गोल्डकपको तयारी कसरी हुँदैछ ?

लामो इतिहास बोकेको गोल्डकप भएकोले यसलाई हामी सबैले साथ दिन आवश्यक छ । दुई वर्षपछि गोल्डकप हुन लागेको छ । यसवर्षको गोल्डकप आयोजक समितिको जिम्मेवारी पाएपछि हामी तयारीमा जुटेका छौं । हामीले चैत २६ गते गोल्डकप गर्ने तयारी गरेका छौं । एन्फासँग पनि हामीले छलफल गर्दै आएका छौं । सम्भवतः हामीले तय गरेको मितिमा एन्फाले पनि स्वीकृत गरिदिने विश्वास लिएका छौं । अहिले प्रतियोगिता सफल बनाउन छलफल र आन्तरिक रुपमा तयारीमा जुटिरहेका छौं । अहिले प्रतियोगिता सफल बनाउन कार्यालय पनि स्थापना गरेका छौं । खेल मैदानको तयारी भइरहेको छ । टिमहरुलाई पनि पत्राचार गरेका छौं । एन्फासँग पनि छलफल भएको छ । प्रदेश सरकार, स्थानीय तह सबै क्षेत्रसँग समन्वय र सहकार्य पनि भइरहेको छ ।

कस्तो हुनेछ यसपटकको प्रतियोगिता ?

विगत वर्षहरूमाभन्दा यस पटकको गोल्डकप फरक हुनेछ । गोल्डकप हुने सहिद रंगशालामा प्रदेश सरकारले फ्ल्ड लाईट जडान गरिसकेको छ । यसको सफल परीक्षण पनि सम्पन्न भयो । यस वर्ष रात्रीकालीन गोल्डकप हुनेछ । जसले गर्दा दिनभरी कामकाजमा व्यस्त हुने खेलप्रेमी दर्शकहरू साँझ खेल हेर्न आउनेछन् भन्ने हामीले अपेक्षा राखेका छौं । पुरस्कार राशी पनि यसपटक बढाउने तयारी छ । रात्रीकालिन हुने गोल्डकप यसवर्ष भव्य र सभ्य हुनेछ ।

कोभिडपछि गोल्डकप हुन लागेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड कसरी व्यवस्थापन गर्ने तयारी गर्नुभएको छ ?

हामीले स्वास्थ्य सुरक्षा मापदण्डलाई पहिलो प्राथामिकतमा राखेका छौं । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार खेल हेर्न आएका दर्शक, अतिथि, खेलाडी सबैले त्यसको पालाना गर्नुहुनेछ । स्वास्थ्य सावधानी अपनाउन हामी सबैलाई आग्रह गर्नेछौं । स्वास्थ्यसँगै सुरक्षाको व्यवस्थाको पनि कुरा आउँछ ।

प्रतियोगितामा सहभागी हुने टिमहरु कस्ता हुनेछन् ?

खेलकुदको मुख्य आकर्षणको केन्द्र भनेको खेलाडी र टिम हो । कोभिडको कारणले गर्दा विदेशी टिम आउन सक्ने सम्भवना न्यून देखिएको छ तैपनि हामी विदेशी टिम ल्याउन लागिपरेका छौं । भुटान नआउने निश्चित भएको छ । छिमेकी मुलक भारतको टिम ल्याउन हामीले प्रयत्न गर्दै आएका छौं । सम्भवतः भारत आउनसक्नेछ । नेपालका ए डिभिजन क्लबहरु सहभागी हुने त छँदैछ ।

बिहिबार, ०६ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर