कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका – ६ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्ने दुई जनालाई विशेष सम्मान गरेको छ । स्कूलमा अक्षयकोष स्थापना गर्ने सुरेन्द्र दियाली र धनबहादुर साँवा (लिम्बू) लाई भब्य कार्यक्रम आयोजना गरि सम्मान गरिएको हो ।
स्कूलका पूर्व विद्यार्थी समेत रहेका दियालीले स्वीर्गय भएका बावु हर्कबहादुर दियालीको नाममा ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन् । यस्तै स्र्वीय कालुसिंह, शुक्ररानी, बुद्धराज साँवाको नामा पनि विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना भएको छ । स्थापना भएको अक्षय कोषको ब्याजबाट आएको रकमले प्रत्येक वर्ष विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीले जानकारी दिए ।
सम्मानित भएका दियालीले ८० हजार मुल्य बरावरको विद्यार्थीहरूको लागि खेलकुद सामाग्री पनि प्रदान गरेका छन् । सरस्वती पूजाको अवसर पारेर स्कूल परिसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लागि पर्ने पूर्व विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवीहरूलाई पनि सम्मान गरियो ।
सोही अवसमार उत्कृष्ट हुने विद्यार्थीहरूलाई शैक्षिक समाग्री दिएर पुरस्कृत भए । पुरस्कृत भएका विद्यार्थीहरूलाई स्कूलका प्रधानध्यापक चन्द्र मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बराइलीले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले गुणस्तरी शिक्षा प्रदान गरि नमूना विद्यालयको रुपमा स्थापित गराउन गाउँपालिकाले सहयोग गर्ने बताए ।