विरोधसभा पछि स्वयंसेवकसँगै नारायणकाजी श्रेष्ठ सडकको फोहोर सफा गर्न जुटे

विराटनगर । काठमाण्डौमा विरोध प्रदर्शन र सभा आयोजना सम्पन्न भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाकाका प्रवक्ता एवं प्रतिगमन विरोधी आन्दोलन संयोजन समितिका संयोजक नारायणकाजी श्रेष्ठ आफैं सडकको फोहोर सफाइमा क्रियाशिल हुनुभएको छ ।

कार्यक्रम स्थल वरपर हजारौं कार्यकर्ता बसेर नेताहरुको भाषण सुनेका थिए । उनीहरुले बसेको ठाउँमा खाएका बदाम, सुन्तला आदिका बोक्रा, कागज तथा प्लाष्टिक आदि छरपस्ट फोहोर गरेका थिए । कार्यक्रम समापन भएपछि स्वयंसेवकहरुका साथ नेता श्रेष्ठपनि सफाइमा जुट्नुभएको थियो ।

माघ २३ गते प्रधानमन्त्री केपी ओलीले नारायणहिटी अगाडि गरेको आमसभा सकिएपछि सरकारले दमकलबाट पानी हालेर सडक सफाइ गरेको थियो । माघ ९ गते प्रचण्ड नेपाल नेतृत्वको नेकपाले आमसभा गर्दा सफाइ नगरी फोहोर छरपस्ट छोड्दा आलोचना भएको थियो । पुनः आलोचना नहोस् भनेर त्यसपछि नेकपाले आमसभा स्थल सफा गर्दै आएको छ ।
यस अघि विराटनगरमा पनि प्रदर्शनकारीहरुले नै कार्यक्रमस्थलको फोहोर सफाइ गरेका थिए ।

बुधबार, २८ माघ, २०७७, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर