मुख्यमन्त्रीको विवाह, यस्तो देखियो जोडी (फोटो)

विराटनगर । सँधै हँसिलो र हेनसम देखिने ४९ वर्षका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिनु भएको छ ।

मुख्यमन्त्री शेरधन राईले आज २३ वर्षकी जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा राईको विवाह भएको हो । विवाह समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली संघीय सरकारका मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारी र नेकपाका नेता कार्यकर्ता सहभागी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् । उनी ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी थिइन् । मुख्यमन्त्री राई भने २०२७ साल फागुन ११ गते जन्मनुभएको हो ।

सबै तस्बिरः ध्रुब सुवेदीको फेसबुकबाट

आइतबार, ११ माघ, २०७७, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर