कांग्रेसले प्रदेशमा सत्ताको विपक्षमा मतदान गर्छः पौडेल

विराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस मुख्य प्रतिपक्ष भएकोले संघ र प्रदेशमा अविश्वासको मतका पक्षमा मतदान गर्ने बताउनु भएको छ ।

शनिवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका बरिष्ठ नेता पौडेलले कांग्रेसले प्रष्ट भएर जिम्मेवार रुपमा प्रतिपक्षीको भूमिका निभाउने बताउनु भयो । उहाँले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेशमा सत्ताको विपक्षमा मतदान गर्ने पनि बताउनु भयो । ‘हामी भागवण्डामा लोभिँदैनौ, प्रतिपक्षको धर्म प्रष्ट निभाउँछौ, यसैले सत्ताको विपक्षमा मत हाल्छौं,’ उहाँले भन्नुभयो ।  उहाँले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकोले नसच्चिएसम्म नेपाली कांग्रेस कुनै हालतमा चुनाव जान नसक्ने बताउनु भयो । ‘नेपाली कांग्रेस संविधानले प्रदान गरेको कानूनको हक अनुसारको चुनावमा मात्र भाग लिने हो,’ उहाँले भन्नुभयो, ‘तर कसैले लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा जान सक्दैन ।’

नेता पौडेलले पटक–पटक लहड र सनकका लागि अर्बौ खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकोले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने प्रष्ट पार्नुभयो ।

उहाँले संविधानमा प्रष्ट रूपमा प्रतिनिधिसभा भत्काउँन पाइँदैन भनेर व्यवस्था गरेकोले काँग्रेसले पनि प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्षमा जाने निर्णय गरिसकेको सुनाउनु भयो । ‘कसले के भन्यो ? पार्टीको प्रष्ट निर्णय छ काँग्रेस चुनावमा होइन प्रतिगमन विरोधी संघर्षमा जान्छ,’ चुनावको बहानामा नलोभिन आग्रह गर्दै पौडेलले भन्नुभयो, ‘कसैले दायाँबायाँ गर्न पाउँदैन संविधानमा टेकेर मात्र चुनावमा जाने हो ।’

असंवैधानिक कदम मान्न अदालत बाध्य छैन

नेता पौडेलले प्रम ओलीको असंवैधानिक निर्णय मान्न अदालत पनि बाध्य नभएकोले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र जोगाउने अधार अब अदालत मात्र भएकोले आफूहरूले न्यायमूर्तिहरूमाथि पूर्ण विश्वास राखेर प्रतिक्षा गरिरहेको बताउनु भयो ।

पौडेलले प्रम ओलीको अलोकतान्त्रिक निर्णय अदालतले सदर गरेमा नेपालमा लोकतान्त्रिक शासन प्रणाली नै समाप्त भएर जाने बताउनु भयो । अदालतले प्रमको निर्णयलाई सदर ग¥यो भने काँग्रेस चुनावमा जान्छ कि जाँदैन भन्ने पत्रकारको प्रश्नमा पौडेलले भन्नुभयो, ‘अदालतले आत्मघाती निर्णय सदर ग¥यो भने नेपालमा जसले जति बेला जे पनि गर्न सक्छन् देश अफगानस्तान जस्तै हुन्छ यसैले जे पनि गर्न दिन जनताले भोट किन हाल्ने ?।’

ओलीको सर्वसत्तावादी प्रवृत्ती एकादेशको कथा बन्छ

वरिष्ठ नेता पौडेलले ‘मैले जे गरेर गरें त्यही ठीक हो र अदालतले पनि त्यसैलाई ठिक मान्नुपर्छ’ भनेर प्रदर्शन गरिरहेको प्रम ओलीको सर्वसत्तावादी प्रवृत्तीलाई नेपाली जनताले एकदेशको कथा बनाएरै छाड्ने दाबी गर्नुभयो । उहाँले सत्तरी वर्षको संघर्षले आफैंले लेखेको संविधानको सुरक्षा गर्न काँग्रेस प्रतिबद्ध भएर लाग्ने प्रष्ट पार्नुभयो ।

शनिबार, १० माघ, २०७७, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर