लोड हुँदैछ...

मेनु

अविश्वास प्रस्तावको पक्षमा मत हाल्छौं : डा. रिजाल

अविश्वास प्रस्तावको पक्षमा मत हाल्छौं : डा. रिजाल

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस उभिने डा. रिजालले बताउनुभएको हो ।

शुक्रबार हाम्रोमतसँगको संक्षिप्त कुराकानीमा डा. रिजालले प्रतिपक्षमा रहेको कांग्रेसले सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिनु स्वभाविक भएको प्रतिक्रिया दिनुभयो । ‘हामी प्रतिपक्षी दल, त्यसैले प्र्रतिपक्ष दल मुख्मन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौैं’ उहाँले भन्नुभयो, ‘प्रतिपक्षको धर्म भनेकै अविश्वासको प्रस्ताव विरुद्धको विपक्षमा उभिने रहन्न ।’

डा. रिजालले अविश्वास प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेश हुँदा कांग्रेस तटस्थ बस्ने प्रचार पनि गलत रहेको दाबी गर्दै प्रस्तावको पक्षमा उभिएर मत खसाल्ने स्पष्ट पार्नुभयो । यसबारे आगामी माघ १३ गते बस्ने केन्द्रिय समितिको बैैठकले औपचारिक निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गरेमा प्रदेश सरकार ढल्ने निश्चित छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसदमध्ये अहिलेसम्म ३७ जना अविश्वासको प्रस्तावको पक्षमा देखिएका छन् भने कांग्रेसका २१ सांसदले मतदान गरे प्रस्ताव सहजै पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।