विराटनगर । बचतकर्ताहरूले बचत गरेको लाखौं रुपैयाँ विराटनगर– ७ स्थित रारा बचत तथा ऋण सहकारी संस्थाले नदिएर संचालकहरू सम्पर्कबिहीन भएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका छन् ।
सहकारी अध्यक्ष शेरबहादुर थापा मगरसहितका संचालकहरू सम्पर्कबिहीन भएपछि बचतकर्ताहरूले मोरङ प्रहरीमा बिहीबार उजुरी दिएका हुन् । रारा बचत तथा ऋण सहकारीमा एक जना बचतकर्ताले २० लाख रुपैयाँसम्म जम्मा गरेको बचत लिएर संचालकहरू फरार भएको विराटनगर – ९ का रितेस कुमार साहले बताउनुभयो ।
साहको विराटनगरको जलजला रोडमा कपडा पसल रहेको छ । पसलमा दैनिक विक्री भएको कपडाको पैसाँ रारा सहकारीमा बचत गर्दै आएका थिए । ‘सहकारीमा बचत गरेको वर्षौ भएको थियो । ४ माघसम्म ४ लाख ९२ हजार रुपैयाँ बचत पुगेको थियो,’ दैनिक बचत गरेको पासबुक देखाउँदै साहले भन्नुभयो, ‘जम्मा गरेको पैसाँ लिन सहकारी जाँदा ताला झण्डिएको छ ।’ वर्षौदेखि बचत गरेको पैसाँ लिएर सहकारीका संचालक फरार भएपछि समस्यामा परेको उहाँले बताउनुभयो । ‘पसलमा रहेको कपडा विक्री भएको पैसाँ दैनिक बचत गर्दै आएका थिए । दुःख गरेर आर्जेको रकम लिएर सहकारीका संचालकहरु फरार भएपछि अहिले समस्यामा परेको छु,’ उहाँले भन्नुभयो ।
यसरी रारा सहकारीमा जम्मा गरेको बचत गर्ने रितेश मात्र होइन् । विराटनगरका सयौंको संख्यामा रहेका बचतकर्ताले जम्मा गरेको लाखौं रुपैयाँ लिएर संचालक सम्र्पकबिहीन भएपछि सर्वसाधरणको बिल्लीबाट भएको छ । विराटनगर ६ का राधा सहनीले रारा सहकरीमा २ लाख रुपैयाँ ‘फिक्स डिपोजिट’ गरेका थिए । उनले एक वर्ष अगाडी उक्त सहकारीमा २ लाख रुपैयाँ जम्मा गरे । ‘४ माघमा सहकारीमा जम्मा गरेको पैसाँ लिन जाँदा बिहीबार बोलाएका थिए,’ उनले भने, ‘सहकारीमा पुग्दा ताला झुण्डाएर सटर बन्द गरिएको छ ।’ दुःख गरेर कमाएको पैसाँ जोगाएर बचत गरेको रकम लिएर सहकारी भागेपछि उनीहरू जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने र कारवाही गरिनुपर्ने माग राख्दै प्रहरीमा उजुरी दिएका हुन् ।
यता रारा सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरले सहकारीले प्रभाह गरेको ऋण बजारमा उठन बाँकी रहेकोले सबैको पैसाँ फिर्ता गर्ने आशोसन दिनुभयो । ‘कोरानोले गर्दा सहकारीले लगानी गरेको ऋण अहिले समयमा नउठदा समस्या भएको छ,’ उहाँले टेलिफोन सम्र्पकमा भन्नुभयो, ‘बचत गरेका सबै बचतकर्ताहरूको हिसाब गरेर पैसाँ दिनेछु ।’ सोमबारदेखि बचत गरेको सदस्यहरुको पैसाँ हिसाब गरेर फिर्ता दिने उहाँको भनाई छ । तर, बचतकर्ताहरुले भने सहकारीका संचालकहरुले यसरी असोसन दिएको धेरै भएकोले पैसाँ फिर्ता नपाउने भएपछि प्रहरीमा उजुरी दिन आउनु परेको बताउँदै आएका छन् ।