विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ ।
‘हाम्रो अभियान’ भन्ने युवाहरूको समूहले सरस्वती स्कूलमा अध्ययरत १ सय ५० जना विद्यार्थीलाई जुत्ता वितरण गरेको हो ।
सामाजिक कार्यक्रम सक्रिय रहँदै आएको हाम्रो अभियान टिमले ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जुत्ता वितरण गरेको सामाजिक अभियान्त ओसिम आलमले जानकारी दिनुभयो । संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई जुत्ता हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको जुत्ताहरु विद्यार्थीहरूलाई सोमबार वितरण गरिएको छ ।
आलमले नेतृत्व गरेको अभियानले जाडो सुरू भएसँगै ५ हजार परिवारलाई जाडोको न्यायो कपडा वितरण गरिसकेको छ । उनीहरूले विराटनगरको मानव सेवा आश्रम, बाल श्रम, जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा वितरण गरिसकेको आलमले जानकारी दिनुभयो ।
अभियानले यसअघि कोरोना भाइसको संक्रमण रोकथाम र नियन्त्रणको लागि राज्यले गरेको लकडाउनको समयमा मजदुरहरूलाई निरन्तर भोजन गराएको थियो । दैनिक ४ सय ५० जनालाई निःशुल्क रूपमा १ सय २० दिन खाना खुवाएको अभियानले जनाएको छ ।