विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापकलाई गोली हानेर हत्या गरेको घटनाको अनुसन्धान गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विषेश टोली घटनास्थलतर्फ गएको छ ।
प्रदेश प्रहरीका डिएसपी मानबहादुर राई नेतृत्वको सादा पोशकका विशेष प्रहरी टोली टोली घनास्थलमा गएको छ । मिक्लाजुङ्ग गाउँपालिका कार्यालय रहेको मधुमल्लाबाट २ घण्टाको दुरीमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठको मंगलबार विहान गोली हानेर हत्यया भएको थियो ।
विहान घरबाट अपहरण गरि विप्लब समूहले लगेका शिक्षकको शव एक किलोमिटर टाढा रहेको जंगलमा भेटिएको छ । मृतकका छोराले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।
‘अहिले घटनास्थलमा प्रदेश प्रहरीसहित मोरङ प्रहरीको टोली जाँदैछ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘सीमा जिल्लाको नाका शिल गरेर घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गर्नेछ ।’ प्रहरीले हत्या गर्नेहरूको खोजी कार्यलाई पनि तीब्र बनाएकोे जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।