नमुना क्रिकेट मैदानमा मंसिर अन्तिम साता गौतमबुद्ध कप हुने

विराटनगर । मंसिर अन्तिम साता गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

बागमती प्रदेश क्रिकेट संघको प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको छ । प्रतियोगिता मंसिर २७ गतेदेखि चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

आयोजकका अनुसार कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता संचालन गरिनेछ।

अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। यस्तै राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू१९ का प्रतिभाशाली खेलाडीहरु थप गरिने आयोजकको भनाइ छ। राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ।

– सेतोपाटी

आइतबार, २१ मंसिर, २०७७, दिउँसोको ०२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर