विराटनगर । अपाङ्गगता भएका व्यक्तिहरूको २९ औं अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा अपाङ्गगता भएका व्यक्तिहरुको खुल्ला दौड र ह्विलचियर दौड प्रतियोगिता विराटनगरमा सम्पन्न भएको छ ।
बिहीबार विहान विराटनगरमा खुल्ला दौड र ह्विलचियर दौड प्रतियोगिता आयोजना गरिएकोमा महिलातर्फ कविता पौडेल प्रथम र जुलिया द्वितीय भए ।
सोही विधामा पुरूषतर्फको प्रथम राम कामत र द्वितीय बाम देव भए । यस्तै ट्राइसाइकल दौड प्रतियोगिताको प्रथम रामकुमार सहनी र सोक दास घोषित भएका छन् । ह्विलचियर दौड प्रतियोगिताको प्रथम शिभम झा र द्धितीय दोमराज पराजुली भए ।
प्रतियोगितामा प्रथम हुनेले ३ हजार र द्वितीयले २ हजार रुपैयाँ प्राप्त गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले राज्यले अवसर दिए अपाङ्गगता भएका व्यक्तिहरूले पनि सपाङ्ग व्यक्तिले जस्तो राम्रा कामहरू गर्नसक्ने बताउनुभयो ।
अपाङ्गगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि र शीपमुलक तालिम लिएर अत्मनिर्भर बनाउने कार्यक्रम महानगरले सञ्चालन गरिरहेको पराजुलीले बताउनुभयो ।