न्युरोमा इलामकी संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको बिहान ८ बजेतिर मृत्यु भएको छध ।

पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुभयो । महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

सोमबार, १५ मंसिर, २०७७, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर