विराटनगर । ५४ प्रतिशत मत ल्याउँदै नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ केन्द्रीय उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।
ढकालका प्रतिस्पर्धी विराटनगरका किशोर प्रधान हुनुहुन्थ्यो । शनिबार वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको थियो । आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार ढकाल विजयी हुनुभएको हो । व्यवसायी ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसक्नु भएको छ ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याउनु भएको छ भने २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याउनु भयो । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनु भयो ।
ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याउँदा प्रधानलाई जम्मा ४५.७४ प्रतिशत मात्रै मत प्राप्त भयो ।
नेपाल रेमिट्यान्स एसोसिएसन, नेपाल–मलेसिया र नेपाल–इन्डोनेशिसया चेम्बरको अध्यक्ष पनि भइसक्नु भएको छ । महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित पनि गरेको छ।
महासंघको विधानअनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष निर्वाचित हुनुभएको छ । यस्तै महासंघको जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । किशोर प्रधान प्यानलका श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुननिधि तिवारीलाई पराजित गर्नुभएको हो । कूल १०५ मत खसेकोमा श्रेष्ठले ५८ मत प्राप्त गरेका थिए भने तिवारीले ४७ मत पाएका थिए।
देशभरका जिल्ला तथा नगर वाणिज्य संघबाट एक मताधिकार प्रयोग हुने यो निर्वाचनमाबाट १८ जना कार्यकारिणी समिति सदस्य पनि निर्वाचित भएका छन्।
महासंघको निर्वाचन समितिका अनुसार राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, कवीरकुमार श्रेष्ठ, कमानबहादुर खड्का, डिबी बस्नेत, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजृन्द भगत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन्।
जिल्ला नगर तर्फ १८ जना सदस्य र एकजना उपाध्यक्ष निर्वाचित हुने विधानको व्यवस्था रहेको छ। महासंघको वस्तुगत संघतर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।
किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्। विभिन्न १०१ वस्तुगत संघको मताधिकार हुने यो समूहबाट १४ जना कार्यकारिणी समिति सदस्यमा दुई प्यानलबाट ७÷७ जना निर्वाचित भएका छन्।
निर्वाचित समितिकाअनुसार वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, अरनीको राजभण्डारी, आकाश अधिकारी, सुवोधकुमार गुप्ता, सन्दिपकुमार अग्रवाल, सकुन्तलाल हिराचन, विष्णु गैरे, आकाश अधिकारी, गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।
प्रत्येक प्रदेशबाट एकजना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने विधानको व्यवस्थाअनुसार ७ जना सदस्य निर्वाचित भएका छन्।
यसमध्ये प्रदेश १ बाट यसअघि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनबाट प्रदेश २ बाट विजयकुमार शाह, बाबुराम गिरी, लुम्बिनीबाट शम्शेर मियाँ, कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमार निर्वाचित भएका छन्।
महासंघका संस्थापक सदस्यहरुबाट दामु अधिकारी निर्वाचित भए। द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन्।
महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा भने ढकाल प्यानलका रामचन्द्र संघई विजयी भएका छन्। संघईले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन्। एशोसिएटमा ८९० मत खसेको थियो।
कूल १९ सदस्य निर्वाचित हुने कार्यकारिणी समिति सदस्यमा भने अधिकांश प्रधान प्यानलबाट निर्वाचित भएका छन् । एशोसिएटमा अम्बिका पौडेल, अबिनास बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, भरतप्रसाद आचार्य, रञ्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह बैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा,सञ्जय गिरी र हेमन्त गोल्छा निर्वाचित भएका छन्। मंगेशलाल श्रेष्ठ र विराट थापाको समान मत भएकाले गोलाप्रथाबाट निर्वाचित गरिने भएको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतःअध्यक्ष हुन्छन् ।