विराटनगर । प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिनुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै मन्त्री घिमिरेले सम्पूर्ण बालवालिकाहरूको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
मन्त्री घिमिरेले शुभकामना सन्देश जारी गर्दै बालअधिकारको संरक्षण, सम्वर्दनमा तीन तहको सरकार तथा सरोकारवालाहरूको सहकार्य, समन्वय र सहजिकरणको लागि आव्हान पनि गर्नुभएको छ । ‘नेपालको संविधानले मौलिकहकको रूपमा व्यवस्था गरेको बालवालिको हकलाई व्यवहारमा कार्यन्वयन गर्नका लागि प्रदेश १ सरकारले बालवालिका संरक्षण ऐन २०७७ जारी गरि कार्यन्वयनमा ल्याएको छ । जसले प्रदेशका बालवालिकाहरूको हकअधिकार सुनिश्चित गर्न सघाउ पु¥याउनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री घिमिरेले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पनि बालदिवसको अवसरमा शुभकामना दिनुभएको छ । विकास प्रक्रियालाई पूर्ण बनाउनको लागि घरदेखि नै बालवालिकाहरूको बचाउ, विकास, संरक्षण र सहभागितालाई सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने उहाँले जारी गर्नुभएको सन्देशमा उल्लेखछ । प्रदेश १ मा कूल जनसंख्याको ४४.४२ प्रतिशत संख्या बालवालिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो प्रदेशको कूल जनसंख्याको झन्डै आधा हो ।