बीपीमा तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार बिहीवार बिहान सप्तरीका दुई जना र मोरङका एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । राजबिराजकी युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएकोमा १९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी थिइन् ।

राजबिराज ८ का ६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएर सोही दिन अस्पताल भर्ना भएका थिए ।

कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।

बिहिबार, २० कार्तिक, २०७७, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर