नोबेलको चर्को शुल्क तिर्न नसक्दा कोरोना संक्रमितद्वारा आत्महत्या

विराटनगर । उपचार खर्च तिर्न नसक्ने भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।

अस्पतालले उपचार नगरी घर फर्काएपछी मोरङको रतुवामाई नगरपालिका–१० की ४० वर्षीय नरमाया मगरले आत्महत्या गरेकी हुन् ।

नोबेलमा कात्तिक ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचारमा दैनिक १८ हजार रुपैयाँ लाग्ने भन्दै अग्रिम भुक्तानी गर्न दबाब दिएको थियो । महङ्गो उपचार शुल्क तिर्न नसक्ने परिवारले बताएपछि नोबेलले घर जान भनेको थियो ।

सरकारी अस्पतालमा बेड नभएको र पैसाबिना नोबेलमा उपचार नपाएपछि श्रीमान् टेकबहादुर मगरले उनलाई घर फर्काएकोमा १० गते उनले शौचालयमा पासो लागेर आत्महत्या गरेकि हुन । रतुवामाई नगरपालिका–१० का अध्यक्ष टंक ढकालका अनुसार मृगौलाले काम गर्न छाडेपछि मृतकको गत असारदेखि डाइलसिस हुँदै आएको थियो ।

मगरको कात्तिक ९ गते बिहान करिब ३ बजे नोबेलमै डाइलसिस भएको थियो । डाइलसिस गरेको केही समयपछि कोरोना पोजेटिभ रिपोर्ट आएको भन्दै नोबेलले आइसोलेसनमा भर्ना भएर दैनिक १८ हजार रुपैयाँ खर्च गरे मात्र उपचार हुने बताएको थियो ।

अस्पतालले दैनिक १८ हजार तिनुपर्छ भनेपछि श्रीमतीलाई आइसोलेसनमा भर्ना गर्ने आट नै नाअएको श्रीमान् टेकबहादुर मगरले बताउनुभयो । महँगो शुल्क तिर्न नसक्ने भएपछि श्रीमतीलाई घर ल्याएकोमा टिकाको दिन उनले आत्महत्या गरेको उहाँको भनाई छ ।

वडा अध्यक्ष ढकालका अनुसार मृतकको परिवार आर्थिक रुपमा विपन्न छ । कोरोना पोजेटिभ देखिएपछि घर आएकी उनलाई घरसँगै रहेको गोठमा बस्ने व्यवस्था मिलाइएकोमा गोठमै बनाएको अस्थायी शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको हो ।

नोबेलले भने संक्रमितलाई पैसा नभएकै कारण घर नपठाएको दावी गरेको छ । कलेजका प्रबन्धक नारायण दाहालले संक्रमितलाई घर नपठाएको दावी गर्नुभयो ।

यसअघि पनि उपचारमा लापरबाही गर्दै आएको नोबेलकै कारण कतिपयले अकालमा ज्यान गुमाएका छन । तर, उसमाथि कुनै कार्बाही भएको छैन ।

मङ्गलबार, १८ कार्तिक, २०७७, साँझको ०६:०२ बजे

प्रतिक्रिया

  1. नेकपा को सरकार जन्ताका लागी तस्कर मेरो पनि2077/06/27 मा ठुलो घटना तेहि अस्पताल ले घटायो केही सुनुवाइ भयन प्रशासन ले सरकार नै आफ्नो हातमा लियको रहेछ

प्रतिक्रिया:

सम्बन्धित खवर