लोड हुँदैछ...

मेनु

बीपी कोभिडमा एक संक्रमितको मृत्यु

बीपी कोभिडमा एक संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

सुनसरीको गढी गाउपालिका–४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार बिहान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनमा मंगलबार नै संक्रमण पुष्टि भएको थियो । मंगलबार उपचारका लागि आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनी उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।