भन्सार छलेर ल्याएको लाखौंको सामान बरामद

विराटनगर । अवैध रूपमा भन्सार छलेर ल्याएको करिब ११ लाख रुपैयाँ मूल्य बराबरको सामान मोरङ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मूल्य बराबरको खाद्यान्न तथा लत्ता कपडा र पटाका बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतीय सीमा एरियाहरूमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार रुपैयाँ बराबरको पटका, ७ लाख बराबरको लत्ताकपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामानहरू बरामद गरेको छ । बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा एरियाहरूमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख रुपैयाँ बराबरको पटक तथा खाद्यान्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको खाद्य सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरूप तथा कानुन विपरीत अवैध रूपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरूप विशेष कदम चालिएसँगै यसरी अवैध रूपमा भन्सार छली गरी ल्याएका सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाउँदै आएको प्रहरीले जनाएको छ छ ।

मङ्गलबार, ०४ कार्तिक, २०७७, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर