मोरङका संक्रमित दम्पत्तीको एकैदिन मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण मोरङको रंगेली नगरपालिका घर भएका एक दम्पतीको १२ घण्टाको अन्तरमा मृत्यु भएको छ ।

रंगेली नगरपालिका– ४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकैदिन कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

करिब १२ घण्टाको अन्तरमा छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् । सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङ होममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो ।

उपचारका क्रममा पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै परिवारका दुई जनाको मृत्यु भएपछि संक्रमित बसेको घरलाई सेनिटाइज गरिएको रंगेली नगरपालिकाले जनाएको छ ।

मङ्गलबार, ०४ कार्तिक, २०७७, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर