विराटनगर । मोरङ प्रहरीले सोमबार राति रतुवामाई नगरपालिकाबाट जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ ।
रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट जुवाडेहरुलाई नियन्त्रण लिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रतुवामाई नपा ७ बस्ने वर्ष ३४ को गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय, गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती छन् । जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद गरेको जनाएको छ । चाडबाडको मौसमसँगै प्रहरीले जिल्लाभरि जुवाविरुद्ध अभियान थालेको जनाएको छ ।
गत असोज २३ गते पनि प्रहरीले बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, एक सेट कौडा, ३ बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो ।
पक्राउ परेकाहरू सुनसरी, मोरङ, झापा र धनुषासम्मका विभिन्न पृष्ठभूमिका व्यक्तिहरू भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।