विराटनगर । विराटनगरमा पछिल्लो २४ घण्टामा थप १५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार थप ५० महिला र १०४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यासँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ हजार २८२ पुगेको छ । संक्रमितमध्ये ३१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा २४ पुरुष र ७ महिला छन् ।

आइतबार विराटनगरसहित मोरङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङमा अहिलेसम्म ६ हजार ६२४ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा कोरोनाको कारण ५३ जनाले ज्यान गुमाएका छन् ।