धरान । श्वासप्रश्वासमा समस्या भएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएपनि बेड छैन भन्दै अस्पतालले भर्ना नलिएपछि घर फकाईदिएकी एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानले भर्ना नलिएपछि घरमै लगिएकी धरान १५ की ७३ वर्षीया महिलाको शनिबार करिब ५ बजेतिर मृत्यु भएको वडाअध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो ।

मृतक छोरीको घरमा बस्दै आएकी थिइन् । उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएकोमा शनिबार श्वासप्रश्वासमा समस्या बढेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । तर, बेड खाली छैन भन्दै प्रतिष्ठानले फिर्ता गरेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा उनलाई घरमै फिर्ता गरिएको थिषे ।

वडाअध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् । तर, वृद्धा भने धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् ।