प्रदेश १ : बिहीबार अहिलेसम्मकै धेरै ४११ जनामा कोरोना, ४५८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च रहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला र ८ पुरुष, बेलबारीमा ३ महिला र ६ पुरुष, उर्लाबारीमा ३ महिला र ५ पुरुष, बुढीगंगामा २ महिला र ५ पुरुष, लेटाङमा ५ महिला र २ पुरुष, सुन्दरहरैचामा ३ महिला र २ पुरुष, कटहरीमा २ महिला र ३ पुरुष, धनपालथानमा ४ महिला र २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला र २ पुरुष, कानेपोखरीमा १ महिला र १ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २८ महिला र ४० पुरुष, धरानमा २४ महिला र २८ पुरुष, दुहवीमा २ महिला र १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, गढीमा २ महिला र १ पुरुष, बराहक्षेत्रमा १ महिला र २ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ४ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ७ पुरुष, दमकमा ५ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बा¥हदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुषमा कोरोना देखिएको छ । उदयपुरको बेलकामा ४ महिला र ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला र १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, ते¥हथुमा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ । प्रदेशमा बिहीबार ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विरा मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।

प्रदेशमा बिहीबार १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५८ महिला र २५३ पुरुष छन् । हालसम्म १ लाख ३२ हजार ३३१ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहिबार, २२ असोज, २०७७, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर