विमानस्थल निर्धारित समयअघि नै स्तरोन्नति हुन्छः मन्त्री कुसियैत

विराटनगर । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले विराटनगर विमानस्थलको स्तरोन्नति तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थललाई अन्तराष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको भोलिपल्ट मन्त्री कुसियैतले यस्तो बताउनु भएको हो ।

विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएसँगै सबै क्षेत्र उत्साही भएको भन्दै मन्त्री कुसियैतले मन्त्रीको सपथग्रहणलगत्तै आफूले गरेको प्रतिवद्धता कार्यान्वयनको चरणमा प्रवेश गर्दा सन्तोष भएको बताउनुभयो । क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने कुरा उठिरहँदा आफ्नो जोड अन्तराष्ट्रियस्तरकै निर्माण हुनुपर्नेमा रहेको स्मरण गर्दै उहाँले आफ्नो भावनालाई सम्बन्धित पक्षहरूबाट पनि समर्थन भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ।

२०७५ असार १३ गते प्रदेश सरकारको क्याबिनेट बैठकबाट प्रस्ताव पारित भएसँगै विमानस्थल स्तरोन्नतिका लागि जोडबल सुरु भएको मन्त्री कुसियतले बताउनुभएको छ । यसका लागि प्रदेशका मुख्यमन्त्री र संघीय सरकार र स्वयं प्रधानमन्त्रीले पनि सकारात्मक भूमिका निर्वाह गर्नुभएको उहाँले बताउयनुभयो ।

अध्ययनले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न २० वर्ष लाग्ने अनुमान गरेपनि १२ देखि १५ वर्षभित्र नै सक्ने लक्ष्य रहेको मन्त्री कुसियतले बताउनुभयो । करिब ११ अर्ब बजेट खर्च लाग्ने अनुमान गरिएको सुबिधासम्पन्न अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न थप १ सय ५५ बिघा जग्गा आवश्यकता रहेको छ । जग्गा प्राप्तिको कामा यहि वर्ष प्रारम्भ भइ अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

तीनवटै सरकारको साझेदारीमा हुने यसकामले थप सहजता प्राप्त गर्ने मन्त्री कुसियैतको विश्वास छ । विमानस्थलको स्तरोन्नतिका लागि अघिल्लो वर्ष मात्र करिब साढे ४ बिघा जग्गा अधिग्रहण भइसकेको छ । विमानस्थलको स्तरोन्नति हुदैगर्दा क्षमताअनुशार उडान क्षमतासमेत बिस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।

प्रदेशभित्र रहेका १४ वटै विमानस्थललाई पनि निरन्तर सञ्चालन योग्य बनाउनेमा आपूm लागिपरेको मन्त्री कुसियैतले बताउनुभएको छ । ती सबै स्थानमा विराटनगरबाट उडान भर्ने वातावरण चाँडै बन्ने उहाँको दावी छ ।

मङ्गलबार, २० असोज, २०७७, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर