विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ६६६ जनाको परीक्षण गर्दा ३३० जनामा कोरोना देखिएको हो ।
पछिल्लो दिनमा प्रदेशमा कोरोना परीक्षणको दर घटेको छ । तर, संक्रमितको संख्या भने लगातार बढिरहेको छ । मंगलबारको पिसिआर परीक्षण गरिएको संख्यामा ४९.५४ प्रतिशतमा कोरोना देखिएको छ । ६६६ जनाको परीक्षणमा ३३० जनामा कोरोना देखिँदा नेगेटिभ देखिनेको संख्या ३३६ छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ । जसमध्ये ४ हजार १२२ जना डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या ८५ पुगेको छ । मृतकमध्ये प्रदेश २ का १३ जना छन् ।