वक्तृत्वकलाका विजेतालाई पुरस्कार वितरण

विराटनगर । गैरसरकारी संस्था महासंघ प्रदेश १ को आयोजनामा सम्पन्न प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।

४१ औं सामाजिक दिवसको अवसरमा असोज ९ गते सप्पन्न भर्चुअल प्रतियोगितामा प्रदेश १ का २३ जनाले भाग लिएका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको म अघि बढ्छु कार्यक्रमको संयोजनमा सम्पन्न प्रतोयोगिताका बिजेतालाई सोमबार मन्त्रालयमा पुरस्कार वितरण गरिएको कार्यक्रमका मुख्य प्रशिक्षक भास्कर खनालले बताउनुभयो । सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उधमशिलता शिर्षकको प्रतियोगितामा धनकुटाको त्रिवेणी मा.वि.कि छात्रा अनिशा रुचाल प्रथम हुनुभएको थियो । यस्तै संखुवासभाको हिमालय मा।वि। कि जेनिका घिमिरे दित्तिय, विराटनगरको अरनिको स्कूलकी एलिना पराजुली तृतीय हुनुभयो ।

विराटनगरको सिटी कलेजका छबिलाल भण्डारी र झापाको लक्ष्मीप्रसाद देवकोटा मा.वि.की प्रतिक्षा कार्कीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । बिजेतामध्ये विराटनगरकालाई सोमबार कार्यक्रमका संयोजक रबि खनालले पुरस्कार वितरण गर्नुभयो । अन्यलाई भने सम्बन्धित जिल्लामै पठाइएको छ ।

सोमबार, १९ असोज, २०७७, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर