सोमिकाले जन्माइन् एकसाथ ५ शिशु

काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकैपटक पाँच शिशुलाई जन्म दिएकी छन् ।

सोमबार बिहान तामाङको शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा.कृतिपाल सुवेदीको समूहले शल्यक्रिया गरी पाँच शिशु जन्माएको हो । पाँचमध्ये एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ।

चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको डा.सुवेदीले जानकारी दिनुभयो । डा.कृतिपाल सुवेदी, डा.दिप्ती श्रेष्ठ, डा.नमिता सिग्देल, एनेशथेसियातर्फ डा.मुकेश कुमारको टोलीले तामाङको शल्यक्रिया गरेको थियो ।

बालरोग बिशेषज्ञ डा.।श्रद्धा श्रेष्ठले शिशुको हेरचाह गरिरहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार चार जना शिशु मध्येमा एउटा १ केजी, दोस्रो १ केजी ८ सय ग्राम, तेस्रोको १ केजी ६ सय ग्राम र चौथोको ८ सय ग्राम तौल रहेको छ।

पहिलोपटक गर्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छक्क परेका छन्। एकै पटकमा पाँच शिशुको जन्म हुने कुरा दुर्लभ रहेको अस्प्तालले जनाएको छ ।

सोमबार, १९ असोज, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर