लोड हुँदैछ...

मेनु

चिया पिउँदा लडे, घटनास्थलमै मृत्यु

चिया पिउँदा लडे, घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका–६ पोखरीयास्थित कुशेश्वर मण्डलको पसलमा चिया पिउँदै गरेका एक जना पुरूष बसेको ठाउँबाट लडेपछि मृत्यु भएको छ ।

जहदा गाउँपालिका–५ का ३८ वर्षीय अमरलाल महतोको शनिबार चिया खाइरहेको अवस्थामा बसेको ठाउँबाट लडेपछि मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

स्थानीय मण्डलको चिया पसलमा अमरलाल र ६० वर्षीय झरीलाल ऋषिदेव चिया पिउँदै बसेका थिए । एक्कासी बसेको ठाउँबाट उनी लडेको र उठाउँदा उनको मृत्यु भइसकेको स्थानीयले बताएका छन् । घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोली पुग्दा महतोको मृत्यु भइसकेको इप्रका रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो । घटनाको मुचुल्का उठाएर प्रहरीले मृतकको शव पोष्टमार्टम गर्न रंगेली अस्पताल पठाएको छ । घटनाको प्रहरीले अनुसन्धान पनि सुरु गरेको जनाएको छ ।

मृतक महतो नियमित मदिरा सेवन गर्ने गरेको र चिया पिउनु अगाडि पनि मदिरा सेवन गरेको बताइएको छ । मृतकका भाइ अशोकले इप्रका रंगेलीमा घटनाको अनुसन्धान गर्न जाहेरी दिएको प्रहरीले जनाएको छ । महतो लडेपछि गालामा रगत पनि देखिएको र आधा चिया खाएपछि लडेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।