विराटनगर । संघीय सांसद अमनलाल मोदी कोरोना संक्रमणमुक्त हुनुभएको छ । कोरोना संक्रमण पृष्टि भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना हुनुभएका मोदी बिपि कोभिड अस्पताल हुँदै कोशीको आईसोलेसनमा उपचार गरेर १४ दिनपछि शनिवार कोरोनामुक्त हुनुभएको हो ।
असोज ४ गते कोरोना देखिएपछि अस्पतालको बिराटको आइसोलेसनमा भर्ना हुनुभएका मोदी श्रीमती र छोरामा पनि कोरोना देखिएअपछी बिपिमा भर्ना हुनुभयो । परिवारमै कोरोना देखिएपछि होम आईसोलेसन बस्न फर्कनुभएका उहाँ छातिमा समस्या भएपछि पुनः कोशी कोभिड अस्पताल भर्ना हुनुभयो । पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो ।
आइसोलेसनमा बस्दा आफूले शारिरिक व्यायम गर्ने, पर्याप्त स्वास्थ्यकर खाना खाने र पुस्तकहरु अध्ययन गर्ने गरेको कोरोनामुक्त सांसद मोदीले जानकारी दिनुभयो । सांसद मोदीकी ७० वर्षीया आमा, श्रीमती, छोरा, भतिज, दाजुलगायत परिवारका ९ जनामा कोरोना संक्रमण भएको थियो । आमा अझै विराट अस्पतालको आइसोलेसनमा उपचाररत रहेको र बाँकी सदस्यहरु बुढीगंगा गाउँपालिका ६ डंग्राहा स्थित घरमै होम आइसोलेसनमा सामान्य रुपमा बसिरहेको मोदीले जानकारी दिनुभयो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।