लोड हुँदैछ...

मेनु

धरानमा थप ६९ जनामा कोरोना पुष्टि

धरानमा थप ६९ जनामा कोरोना पुष्टि

धरान । सुनसरीको धरानमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेको छध । लकडाउन खुलेसँगै धरानमा संक्रमितको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा धरानमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार दिउँसोसम्म ८ जनामा संक्रमण देखिएको राति गरिएको परीक्षणमा थप ६१ जनामा कोरोना देखिएको हो ।

सङ्क्रमित हुनेहरूमा धरान उपमहानगरपालिकाका कर्मचारी, धरान १२ र धरान २ का जनप्रतिनिधि र स्वाब सङ्कलन गर्ने व्यक्तिसमेत छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब सङ्कलन गरिएका मध्ये १९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार एन्फा क्वारेनटिनमा लिएकाहरूमा ४२ जनामा संक्रमण देखिएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि धरान १२, १६ र धरान १५ को वडा कार्यालय र धरान उपमहानगरपालिकाको सूचना र घर नक्सा फाँट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।