विराटनगर । विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
विराटनगर–३ घर भएकी ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो ।
केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते कोरोना देखिएपछि अस्पताल भर्ना गरिएकी उनको बिहान २:१५ बजे मृत्यु भएको हो । वृद्धलाई श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो ।
मृतकमा दम र खोकीको पुरानो समस्या रहेको अस्पतालका प्रमुख डा.दिपक सिग्देलले जानकारी दिनुभयो । बिराटनगर ठेगाना लेखाएर भर्ना भएकी महिलाको घर भने झापाको दमक ७ रहेको आफन्तले जानकारी दिएका छन ।

