विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०७ जना कोरोना संक्रमणबाट मृक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।