विराटनगर । प्रदेश १ गएको २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।
मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा २ महिलार ७ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीमा इटहरीमा २ महिला र ७ पुरुष, धरानमा २ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला र ९ पुरुष, भद्रपुरमा २ महिला र २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरका ५ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । प्रदेशमा शुक्रबार १६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या ३ हजार ४३८ पुगेको छ ।