विराटनगर । सुनसरीको इटहरी र सिरहा घर भएका दुई जना कोरोना संक्रमितको शुक्रबार अस्पताल लैजानेक्रममा एम्बुलेन्समै मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेज ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुबै जनाको अस्पताल अनाईनपुग्दै मृत्यु भएको हो । १२ः३० बजे एम्बुलेन्समा ल्याइएका बिरामीलाई उतार्न खोज्दा दुबै जनाको मृत्यु भइसकेको पाइएको अस्पतालले जनाएको छ ।
तीन दिनअघि कोरोना पोजेटिभ देखिएका इटहरीका बृद्ध होम आइसोलेसनमा बसिरहेकामा श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइनपुग्दै मृत्यु भएका वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको बताइएको छ ।
सिराहाका वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । सोमबारयता नोवेलको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबार साँझ कोरोना पोजेटिभ देखिएपछि नोवेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो ।
एम्बुलेन्समा राखेर विराट पुर्याइएका उनको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।